uttamkarki

उत्तम कार्की

गैर आवासिय नेपाली संघ आई सि सि सदस्य उम्मेदवार

उत्तम कुमार कार्की संघको अन्तराष्ट्रिय परिषद (आइसीसी) सदस्य पदका लागि  एकमात्र उम्मेदवार ?

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको २०२३ को निर्वाचनमा उत्तम कुमार कार्की संघको अन्तराष्ट्रिय परिषद (आइसीसी) सदस्य पदका लागि  एकमात्र उम्मेदवार हुनु भएको छ। कृपया निर्वाचनमा आफ्नो मत दिनुहोस् र हाम्रो समुदायको वोट अधिकारको प्रयोग गर्नुहोस्। एक साथमा, हामीले विश्वभरी नेपाली समुदायको नयाँ उज्वल भविष्य सार्थक बनाउन सक्छौं।

समाजसेवी उत्तम कार्कीको आइसिसी सदस्यमा उम्मेदवारी
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको २०२३ को निर्वाचनमा उत्तम कुमार कार्की संघको अन्तराष्ट्रिय परिषद (आइसीसी) सदस्य पदका लागि उम्मेदवारी दिनु भएको छ। सोलुखुम्बु, तीङ्लामा सगरमाथाको काखमा खाई खेली हुर्केका कार्कीजी विध्यार्थी काल देखि नै सहयोगी र नेत्रित्व क्षमताका धनी हुनु हुन्थ्यो। १९९१ मा कमर्शियल पाइलट बन्ने सपना बोकेर आउनु भएका कार्किको सो सपना अधुरै रहे पनि उहाँको सामाजिक नेत्रित्वदायी भूमिका व्हाईट हाउस, यु एस् स्टेट डिपार्ट्मेन्ट् लगायत उच्च सम्मानहरुलाई हेर्दा उहाँको जीवन सार्थक र सफल भएको देखिन्छ। विगत झन्डै ३ दसक देखी देखि क्यालिफोर्नियाको सान फ्रान्सिस्को बे एरियामा बस्दै आउनु भएका कार्किले बिभिन्न संघ संस्था मार्फत महत्वपूर्ण योगदान भएको यस्दै गर्दा नेपाली समुदायका गतिबिधिमा संलग्न हुनाथाल्नु भयो। उत्तरी क्यालिफोर्नियाको छाता संगठन स्थानीय संस्था नेपालिज एसोशियशन अफ नर्दन क्यल्फोर्निया (NANC) मा सक्रिय कार्की २०१३ देखि २०१५ एक कार्यकाल सफल अध्यक्ष भएर काम गरेपछि उहाँको परिचय क्षेत्र निकै बढेको पाईन्छ। यहाँको माह्त्वपूर्ण प्रोजेक्ट नेपाली कन्युनिटी सेन्टर बनाउने अभियानमा सकृय कार्कीले उल्लेख्य धनराशी पनि उठाउन सफल हुनु भएको छ भने खुद आँफैले पनि ठुलो रकम चन्दा दिनु भएको छ।
उम्मेदवार उत्तम कार्किलाई सबैले अत्यन्तै सहयोगी, सामाजीक अभियन्ताको रुपमा चिनेका छन। सुख दुखमा सबैलाई साथ दिनुहुने कार्कीको बारे एक कवात नै छ, जहाँँ घटना, त्यहाँ उत्तम कार्की। उहाँ मेहनती, कर्तव्यनिष्ठ र इमान्दार ब्यक्तीको रुपमा परिचीत हुनुहुन्छ। व्यक्तिगत स्तर र बिभिन्न संघ संस्थाहरुको माध्यमबाट समाजलाई उल्लेखनिय योगदान गरेको हुनाले नै नेपाली हु इज हु इन यु एस् ए मा उहाँको जीवनि प्रकाशित भएको छ। सान्फ्रान्सिस्को क्षेत्रको सबैभन्दा पुरानो नेपाली सामुदायिक संस्था न्यान्सका पुर्व अध्यक्ष समेत रहनु भएको कार्कीले व्हाईट हाउस बाट प्रदान गरिने प्रतिष्ठित प्रेसिडेन्ट भोलन्टियर सर्विस अवार्ड स्वर्ण पदक बाट बिभुषित हुनु भयो। त्यसै गरी उहाँको नेपाली समुदायमा सवनवयात्मक भूमिका खेले बापत यु एस् डिपार्ट्मेन्ट् अफ स्टेट्ले उहाँलाई बिशेष बिल्ला सहित प्रसँसापत्र दिएको छ। कार्की पस्चिम अमेरिका नेपाली महा संघका अध्यक्ष, लायन्स क्लब अफ बर्क्ली अन्नपूर्णका डाइरेक्टर जनसंपर्क समिती अमेरिकाका केन्द्रिय सल्लाहकार,नेपाल विश्व सहयोग संघका ग्लोबल अड्भाइजर, एन आर एन ए एन सिस सि यु एस् ए का सल्लाहकर लगायत बिभिन्न हैसियत्मा नेपाली समुदायको सेवा गरी सबैको मन जित्न सफल हुनु भएको छ।
कार्किले आफ्ना चुनावी प्रतिवद्दता समेत सार्वजनिक गर्नु भएको छ र आफूलाई मत दिई अत्यधिक बहुमत्ले जिताउन अनुरोध गर्नु भएको छ।

परिचय

को हुन उत्तम कार्की ?
तेज बहादुर कार्की कार्की र माता ईन्दु कार्कीको कान्छो छोराको रुपमा सोलुखुम्बु जिल्लाको तिङ्लामा जन्मनु भएका उत्तम कार्कीको वाल्यकाल विश्वको सर्वोच्च शिखर सगरमाथालाई हेर्दै, लाली गुराँस टिप्दै रमाइलोमा बितेको थियो भने प्रारम्भिक शिक्षा गाउँकै सिंह काली निमावी मा सम्पन्न गरी ओखलढुङ्गा स्थित वरुणेश्वर मावीबाट एस् एल सि गर्नु भयो। तत्पस्चात काठमान्डौ स्थित शंकर देव क्याम्पसमा ब्याचलर पढ्दा पढ्दै ऊच्च शिक्षाको सपना बोक्दै अमेरिका आएका उत्तमजीको पाइलट बन्ने लक्ष थियो। तर विविध कारणले पाइलाट बनेर उचाईमा टहल्ने उहाँको लक्ष पूरा नभए पनि सामाजिक सेवाको मार्फत प्रसिद्दीको उचाईमा पुग्न सफल हुनु भएको छ।

प्रतिवद्दता

विगत लामो समय देखी यहाँहरुकै घर आङ्गनमा दु:ख सुख बाँडदै समुदायको सेवामा सदा सकृय रहेको सर्वविदितै छ। मैले मर्दा पर्दा सबैलाई साथ दिई नै रहेको यहाँहरुबाट लुकेको छैन। यस क्षेत्रको छाता संस्था एन ए एन सि र सबै संघ संस्था मिलेर स्थापित एन सि सि मा समेत नेत्रित्व पङ्क्तीमा  रहेर यहाँहरुको साथ सहयोग पाएर काम गर्दै आएकोमा सबैमाट उत्तैकै मायाँ र सम्मान पाएको छु।  यहाँहरुको निर्मल मायाँ र सम्मान प्रती म आभारीइ छु अनी सबैलाई नमन गर्दछु। विश्वभरमा रहेका नेपालीहरुको छाता संस्था एन आर एन ए अमेरिका को सल्लाहकार भएर पनि सेवा पुर्याईरहेको सन्दर्भमा मैले एन आर एन ए अमेरिकामा आसन्न निर्वाचनमा मैले आई सि सि मेम्बरमा उम्मेदवारी दिएको सहर्ष अवगत गराउन चाहन्छु ।  

समाजसेवामा उत्तम कार्किका योगदान तथा उपलब्धीहरु
उत्तम कार्की व्हाइट हाउस, यु एस् डिपार्ट्मेन्ट् अफ स्टेट लगायत बिभिन्न संघ संस्था वाट हुनु भएको सम्मानित भैसकेको नाम हो। उत्तरी क्यालिफोर्निया को बे यरियामा सबैको दु:ख सुखमा साथी रहेका कार्की यु एस हु इज हु नेपालीमा प्रकाशित। उहाँका थुप्रै प्रतिष्ठित टेलिभिजन र पत्र पत्रिकामा अन्तर्वार्ता प्रकाशित हुनाका साथै च्यानलहरुमा प्रसारण भएका छन।

उत्तम कुमार कार्कीलाई अनुमोदन
NRNA ICC सदस्यको उम्मेदवारको रूपमा सम्मानित सामाजिक नेता उत्तम कुमार कार्कीलाई म हृदयदेखि अनुमोदन गर्दछु। NRNA NCC USA को सल्लाहकार र अनररी काउन्सिल सदस्यको रूपमा उहाँले आम सदस्य, जनता र संगठन बोर्डमा पुलको रूपमा महत्त्वपूर्ण भूमिका खेलेका छन्। श्री कार्की एक अद्भुत व्यक्तित्व, हरेकजनसँग मिलनसार र आफ्नो कर्तव्यमा दृढ हुनुहुन्छ। नेपाल, अमेरिका र अन्तरराष्ट्रिय उनको राम्रो सामाजिक राजनीतिक पृष्ठभूमि छ। उहाँ सन् २०१४ मा राष्ट्रपति स्वयंसेवी सेवा पुरस्कार स्वर्णपदकका विजेता हुनुहुन्थ्यो। उहाँले NAGC र WANA साझेदारीलाई अन्तरराष्ट्रिय सल्लाहकार र अध्यक्षको हैसियतले प्रवर्द्धन गर्नुभएको छ। व्यक्तिगत रूपमा, उत्तमकुमार कार्की मेरो एक अनन्य मित्र हुनुहुन्छ र जससँग मैले धेरै महत्त्वपूर्ण कामहरु मिलेर गरेका छौं र सामाजिक विकृति र बिसंगती विरुद्ध लड्न हातमा हात र काँधमा काँध मिलाउँदै आएका छौं।