uttamkarki

उत्तम कार्की

गैर आवासिय नेपाली संघ आई सि सि सदस्य उम्मेदवार

परिचय

को हुन उत्तम कार्की ?

तेज बहादुर कार्की कार्की र माता ईन्दु कार्कीको कान्छो छोराको रुपमा सोलुखुम्बु, तीङ्लामा सगरमाथाको काखमा खाई खेली हुर्केका कार्कीजी विध्यार्थी काल देखि नै सहयोगी र नेत्रित्व क्षमताका धनी हुनु हुन्थ्यो। १९९१ मा सुनौलो सपना बोकेर आउनु भएका कार्किको सो सपना पूरा गर्नु भएको छ। उहाँको सामाजिक नेत्रित्वदायी भूमिका व्हाईट हाउस, यु एस् स्टेट डिपार्ट्मेन्ट् लगायतले उच्च मुक्याङ्कन गरी सम्मानहरु प्रदान गरेको देख्दा उहाँको जीवन सार्थक र सफल भएको देखिन्छ। हाल उहाँ एक व्यवसाय चलाऊनु हुन्छ भने सामाजिक नेत्री पत्नी लक्ष्मी कार्की तथा छोरा बबी र छोरी लीनासङ्ग सान फ्रान्सिस्को बे एरियको हर्कुलिसमा बस्नु हुन्छ। उहाँको घर एउटा सानो मिनी कम्युनिटी सेन्टर नै हो जहाँ वेला बेलामा वाहिरबाट आउने पाउनलाई स्वागत गर्नाका साथै समुदायमा हुने आवश्यक भेला र बैठक समेत गरिन्छ। विगत ३० वर्ष देखी यो क्षेत्रमा बस्दै आउनु भएका उत्तम कार्की अत्यन्त सम्मानित हुनाका साथै लोकप्रिय हुनुहुन्छ। उहाँ बिभिन्न संघ संस्थामा नेत्रित्वमा पँक्तिमा रही ती संस्थाहरु सफलता साथ हाँकिसक्नु भएको छ भने कैयौँ राष्ट्रिय तथा अन्तरराष्ट्रिय संस्थाहरुमा सल्लाहकार हुहुन्छ। उदाहरणको लागि कार्की जी २०१३ देखी २०१५ सम्म उत्तर क्यालिफोर्नियाको करीव २५,००० नेपालीहरुको प्रतिनिधी संस्था नेप्लिज असोसियसन अफ नर्दर्न क्यालिफोर्निया सफल अध्यक्ष हुनुहुन्थ्यो। उहाँले दिएका अनगिन्ति भोलेन्टियर समयको मुल्याङ्कन गर्दै व्हाइट हाउस बाट उहाँलाई प्रेसिडेन्ट भोलान्टियर सर्भिस अवार्ड २०१४ स्वर्ण बाट बिभुषित गरिएको थियो। उहाँले सन २०१५ अप्रिल मा गएको महा भुकम्पको अवसरमा इमरजेन्सी रिलिफ समितिको अध्यक्षको हैसियतले हजारौँ डलर उठाई भुकम्पग्रस्त बिभिन्न १२ जिल्लाहरुमा स्वयम पुगी राहत बाँड्नु भएको थियो। सो पुण्य कार्यको लागि उहाँको नेपाल अमेरिका र सर्वत्र प्रसँसा भएको थियो। त्यो बेला नेपालको नामुद सगरमाथा टेलिभिजनले अन्तरवार्ता समेत लिएको थियो। त्यसै गरी २०१४ बाट नेपाली कम्युनिटी सेन्टरको अध्यक्षको हैसियतले महत्वपूर्ण योगदान पुर्याउनु भएको छ। उहाँ कै नेत्रित्वमा २ पटकसम्म महापुराण लाउँदै सो प्रोजेक्टको लागि १० लाख डलर भन्दा बढीको चन्दा प्रतिवद्दता लिन सफल हुनु भयो जस्मा उहाँ स्वयमले २५ हजार डलर को प्रतिवद्दता जनाउनु भएको छ। उत्तम कार्की क्यालिफोर्निया मात्र होइन अमेरिकाको १३ राज्यलाई प्रतिनिधित्व गर्ने पश्चिम अमेरिका नेपाली महासंघ वानाको अध्यक्ष हैसियतले कार्यरत हुनुहुन्छ। २०१५ देखी हालसम्म कार्यरत रही नेपाल विश्व सहयोग एन ए जि सि सङ्ग हातेमालो गर्दै भुकम्प पिडीतलाई समेत लक्षित गरी सामुदायिक केन्द्र भवन निर्माणको अभिभारा लिनु भएको छ। भवन निर्माणको लागि आफ्नै जग्गा निशुल्क प्रदान गरी सो को लागि रकम जुटाउन समेत प्रतिवद्द हुनुहुन्छ। उत्तम कार्की सन २०१३ देखी हाल सम्म नेपालीहरुको अन्तरराष्टिय संस्था नेपाल विश्व सहयोग संघ को अन्तरराष्ट्रिय सल्लाहकार हुहुन्छ भने लायन्स क्लब्स इन्टरन्यासन्ल अनतरगत बर्क्ली अन्नपूर्ण लायन्स क्लबको २०१४ देखी हाल सम्म पनि डाइरेक्टरको रुपमा रहनु भएको छ। उहाँ जनसंपर्क समिती अमेरिकाका केन्द्रिय सल्लाहकार हुनाका साथै एन आर एन एन सि सि का सल्लाहकार, तथा अनरेरी काउन्सिल मेम्बरको हैसियतले सकृय सहयोग पुर्याउनु भएको छ। नेपाली राजदूतावास वाशिङटनको लागि एम आर पी फोकल पर्सनके हैसियत्ले समेत काम गरिसकेका उत्तम कार्की सबैले रुचाएका र विश्वास पात्र व्यक्तित्व हुनुहुन्छ। उहाँको अमुल्य योगदानको कदर गर्दै उहाँलाई एक भव्य समारोहका वीच एन ए एन सि र एन सि सि ले संयुक्त रुपमा प्रोक्लेमेशन अफ हाईयस्ट अनर इन कम्युनिटी सर्भिस अवार्ड बाट सम्मानित हुनु भएको छ। त्यसै गरी नेपाल विश्व सहयोग संघ एन ए जि सी यु ए ई ले सन २०१६ मा राष्ट्रिय गौरव अवार्डले सम्मान गरेको थियो । कार्कीले भुकम्प पीडितहरुलाई पुर्याएको सेवा वापत एन आर एन ए बाट आउट स्ट्यान्डिङ सर्भिस सम्मान, २०१९ को बर्ष पुरुष लगायत थुप्रै थुप्रै अवार्ड र समान प्राप्त गर्नु भएको छ। समाजको लागि निस्वार्थ भावले अहोरात्र खट्ने व्यक्ती एन आर एन ए को आई सि सि मा हुनु हामी सम्पूर्ण नेपालीकै लागि हितकर हुन्छ। तसर्थ एन आर एन आई सि सि सदस्य उम्मेदवारलाई जिताउनु हामी सबैको कर्तव्य हो।