uttamkarki

उत्तम कार्की

गैर आवासिय नेपाली संघ आई सि सि सदस्य उम्मेदवार

उत्तम कार्कीको प्रतिवद्दता

एन आर एन ए , आई सि सि उम्मेदवार उत्तम कार्कीको प्रतिवद्दता

आदरणिय अग्रज तथा  दाजु भाई दिदी बहिनिहरु 

उत्तम कार्कीको हार्दिक अभिवादन !

विगत लामो समय देखी यहाँहरुकै घर आङ्गनमा दु:ख सुख बाँडदै समुदायको सेवामा सदा सकृय रहेको सर्वविदितै छ। मैले मर्दा पर्दा सबैलाई साथ दिई नै रहेको यहाँहरुबाट लुकेको छैन। यस क्षेत्रको छाता संस्था एन ए एन सि र सबै संघ संस्था मिलेर स्थापित एन सि सि मा समेत नेत्रित्व पङ्क्तीमा  रहेर यहाँहरुको साथ सहयोग पाएर काम गर्दै आएकोमा सबैमाट उत्तैकै मायाँ र सम्मान पाएको छु।  यहाँहरुको निर्मल मायाँ र सम्मान प्रती म आभारीइ छु अनी सबैलाई नमन गर्दछु। विश्वभरमा रहेका नेपालीहरुको छाता संस्था एन आर एन ए अमेरिका को सल्लाहकार भएर पनि सेवा पुर्याईरहेको सन्दर्भमा मैले एन आर एन ए अमेरिकामा आसन्न निर्वाचनमा मैले आई सि सि मेम्बरमा उम्मेदवारी दिएको सहर्ष अवगत गराउन चाहन्छु ।  

विगत हरेक निर्वाचनमा बिजयी गराउँदै आउनु भएका आदरानीय मतदाताहरुबाट मैले पुन साथ सहयोग पाई मलाई एन आर एन ए आई सि सि मेम्बरमा अत्याधिक बहुमतले जिताउनु हुने आशा मात्र होइन विश्वास पनि गरेको छु। मेरो विजय पस्चात मैले निम्न कार्यहरु गर्ने मनसाय राखेको छु र नेपालीहरुको ब्रिहत हीतको लागि  ती  कार्यहरु गर्न  गराउन कुनै कसर बाँकी नराख्ने प्रतिवद्दता गर्दछु।

नेपाली नागरिकताको निरन्तरता -एक पटकको नेपाली सधैंको नेपाली हुन्छ। हाम्रो जन्मजात अधिकारलाई कसैले पनि हनन गर्न पाईँदैन। सुरुमा यो अधिकारको आवाज उठेको तर अहिले आएर सिमित  एन आर नागरिकताको प्रसङ्ग चलीरहेको छ। राजनैतीक अधिकार सहीत हाम्रो नेपाली नागरिकतालाई निरन्तरता दिईनु पर्छ भन्ने मुद्दालाई सम्बन्धित सबै सङ्ग सहकार्य गर्दै अभियान चलाउने छु। 

  1. एन आर एन कार्ड तथा एन आर एन   नागरिकताको नाममा नेपालमा सम्पत्ति किन्न र राख्न अन्यायपूर्ण, अव्यवहारिक र अनुपायुक्त रुपमा भाँजा हालिएको छ। नेपालमा सम्पत्ति किन्न र राख्न मौलिक नेपाली नागरिक सरह अधिकार हुनु पर्छ, सो अधिकारलाई बन्चित गर्नु र सिमित गर्नु हुँदैन।    सम्पत्तिको हकको लागि आवाज बूलन्द पार्ने छु।   
  2. एन आर एन ए एन सि सि यु एस ए तथा च्याप्टरका तथा आई सि सि को बिच पूल को काम गर्न सबै सङ्ग सवन्वयात्मक् भूमिका निभाउने छु। 
  3. एन आर एन ले सुरु गरेका असल कार्यहरुको निरन्तरता दिन दिलो ज्यानले लागी पर्ने छु। 
  4. यी बाहेक देश काल परिस्थिती,समयको माग तथा जनवावाजलाई मध्यनजर गर्दै अन्य कार्यहरु गर्न पहल गर्ने छु

मेरा प्रिय इस्ट मित्र, परिवारजन, सामाजिक सहकर्मी, व्यापारी, वुद्दीजीवी, पत्रकार तथा सम्पूर्ण दाजु भाई दिदी बहिनिलाई यो मेरो उम्मेदवारीलाई समर्थन गर्न हार्दिक अनुरोध गर्दछु। 

उत्तम कुमार कार्की

एन आर एन ए , आई सि सि उम्मेदवार