परिचय

सम्मानित समाजसेवी उत्तम कार्कीको एन आर एन ए आई सि सि मा उम्मेदवारी

सम्मानित समाजसेवी उत्तम कार्कीको एन आर एन ए आई सि सि मा उम्मेदवारी

 

आजकाल संयुक्त राज्य अमेरिका एन आर एन को निर्वाचनले माहौल तातेको अवस्था छ। यो माहौलमा एउटा नाम निकै चर्चामा आएको , त्यो नाम हो उत्तम कार्की। हालै कार्किजीले एन आर एन एन सि सि यु एसको प्रतिनिधितित्व गर्दै आई सि सि सदस्यको उम्मेदवारी दिनु भएको छ। उत्तर क्यालिफोर्नियामा एउटा कहावत नै चलेको , “जहाँ आवश्यकता, त्यहाँ उत्तम कार्कीहुन पनि उत्तम कार्कीको जीवनमा यो सत्य सावित भएको छ। हरेक ठाउँमा पुग्नु हुन्छ उत्तमजी, सबै सङ्ग हाँसो र आसुँ बाँड्नु हुन्छ उहाँ,   समुदायमा मर्दा पर्दाका भरपर्दो साथी हुनुहुन्छ।

गैर आवासिय नेपाली संघलाई रचनात्मक दिशा तिर हाँक्ने आफ्नो आफ्नो भविष्यको लक्ष बोकेका उत्तम कार्की, एन आर एन ए आई सि सि को सदस्यको उम्मेदवारी घोषणा सङ्गै आफ्नो प्रतिवद्दता सहित उहाँ क्यालिफोर्निया देखि, मध्य टेक्सास लगायत  पूर्वी तट का बिभिन्न राज्यहरु भ्रमण गरी सक्नु भएको सबै तिर उहाँ को पक्षमा बातावरण बनीरहेको थाहा भएको छ। 

यी चर्चित व्यक्तित्व को हुन ? प्रस्तूत उहाँ को परिचय  सङ्क्षेपमा     

को हुन उत्तम कार्की

तेज बहादुर कार्की कार्की र माता ईन्दु  कार्कीको कान्छो छोराको रुपमा सोलुखुम्बु जिल्लाको तिङ्लामा  जन्मनु भएका उत्तम कार्कीको वाल्यकाल विश्वको सर्वोच्च शिखर सगरमाथालाई हेर्दै, लाली गुराँस टिप्दै रमाइलोमा बितेको थियो भने प्रारम्भिक शिक्षा गाउँकै सिंह काली निमावी मा  सम्पन्न गरी ओखलढुङ्गा स्थित वरुणेश्वर मावीबाट एस् एल सि गर्नु भयो। तत्पस्चात काठमान्डौ स्थित शंकर देव क्याम्पसमा ब्याचलर पढ्दा पढ्दै  ऊच्च शिक्षाको सपना बोक्दै अमेरिका आएका उत्तमजीको पाइलट बन्ने लक्ष थियो। तर विविध कारणले पाइलाट बनेर उचाईमा टहल्ने उहाँको लक्ष पूरा नभए पनि सामाजिक सेवाको मार्फत प्रसिद्दीको उचाईमा पुग्न सफल हुनु भएको छ।

हाल उहाँ एक व्यवसाय चलाऊनु हुन्छ भने सामाजिक नेत्री पत्नी लक्ष्मी कार्की तथा छोरा बबी छोरी लीनासङ्ग सान फ्रान्सिस्को बे एरियको हर्कुलिसमा बस्नु हुन्छ। उहाँको घर एउटा सानो तिनी कम्युनिटी सेन्टर नै हो जहाँ वेला बेलामा वाहिरबाट आउने पाउनलाई स्वागत गर्नाका साथै समुदायमा हुने  आवश्यक भेला   बैठक समेत गरिन्छ। विगत ३० वर्ष देखी यो क्षेत्रमा बस्दै आउनु भएका उत्तम कार्की अत्यन्त सम्मानित हुनाका साथै लोकप्रिय हुनुहुन्छ। उहाँ बिभिन्न संघ संस्थामा नेत्रित्वमा पँक्तिमा रही ती संस्थाहरु सफलता साथ  हाँकिसक्नु भएको छ भने  कैयौँ राष्ट्रिय तथा अन्तरराष्ट्रिय संस्थाहरुमा सल्लाहकार हुहुन्छ। उदाहरणको लागि

कार्की जी २०१३ देखी २०१५ सम्म उत्तर क्यालिफोर्नियाको कारीव २५,००० नेपालीहरुको प्रतिनिधी  संस्था नेप्लिज असोसियसन अफ नर्दर्न क्यालिफोर्निया सफल अध्यक्ष हुनुहुन्थ्यो। उहाँले दोएका अनगिन्ति भोलेन्टियर समयको मुल्याङ्कन गर्दै व्हाइट हाउस बाट उहाँलाई प्रेसिडेन्ट भोलान्टियर सर्भिस अवार्ड २०१४ स्वर्ण बाट बिभुषित गरिएको थियो। उहाँले सन २०१५ अप्रिल मा गएको महा भुकम्पको अवसरमा इमरजेन्सी रिलिफ समितिको अध्यक्षको हैसियतले हजारौँ डलर उठाई भुकम्पग्रस्त बिभिन्न १२  जिल्लाहरुमा  स्वयम पुगी राहत बाँड्नु भएको थियो। सो पुण्य कार्यको लागि उहाँको नेपाल अमेरिका र सर्वत्र प्रसँसा भएको थियो। त्यो बेला नेपालको नामुद सगरमाथा टेलिभिजनले अन्तरवार्ता समेत लिएको थियो।

त्यसै  गरी २०१४ बाट नेपाली कम्युनिटी सेन्टरको अध्यक्षको हैसियतले  महत्वपूर्ण योगदान पुर्‍याउनु भएको छ। उहाँ कै नेत्रित्वमा २ पटक सम्मा महापुराण लाउँदै सो प्रोजेक्टको लागि १० लाख डलर भन्दा  बढीको चन्दा प्रतिवद्दता लिना सफल हुनु भयो जस्मा उहाँ स्वयमले २५ हजार डलर को प्रतिवद्दता जनाउनु भएको छ।    उत्तम कार्की क्यालिफोर्निया मात्र होइन   अमेरिकाको १३ राज्यलाई प्रतिनिधित्व गर्ने पश्चिम अमेरिका नेपाली महासंघ वानाको अध्यक्ष हैसियतले कार्यरत हुनुहुन्छ। २०१५ देखी हालसम्म कार्यरत रही नेपाल विश्व सहयोग एन ए जि सि सङ्ग हातेमालो गर्दै भुकम्प पिडीतलाई समेत लक्षित गरी सामुदायिक केन्द्र भवन निर्माणको अभिभारा लिनु भएको छ। भवन निर्माणको लागि आफ्नै जग्गा निशुल्क प्रदान गरी सो को लागि रकम जुटाउन समेत प्रतिवद्द हुनुहुन्छ। 

उत्तम कार्की सन २०१३ देखी हाल सम्म नेपालीहरुको अन्तरराष्टिय संस्था नेपाल विश्व सहयोग संघ को अस्न्तर राष्ट्रिय सल्लाहकार हुहुन्छ भने लायन्स क्लब्स इन्टरन्यासन्ल अनतरगत बर्क्ली अन्नपूर्ण लायन्स क्लबको २०१४ देखी हाल सम्म पनि डाइरेक्टरको रुपमा रहनु भएको  छ।   उहाँ जनसंपर्क समिती अमेरिकाका केन्द्रिय सल्लाहकार हुनाका साथै एन आर एन एन सि सि का सल्लाहकारको हैसियतले सकृय सहयोग पुर्याउनु भएको छ। नेपाली राजदूतावास वाशिङटनको लागि एम आर पी फोकल पर्सनके हैसियत्ले समेत काम गरिसकेका उत्तम कार्की सबैले रुचाएका र विश्वास पात्र व्यक्तित्व हुनुहुन्छ। उहाँको अमुल्य योगदानको कदर गर्दै  उहाँलाई एक भव्य समारोहका वीच एन ए एन सि र एन सि सि ले संयुक्त रुपमा प्रोक्लेमेशन अफ हाईयस्ट अनर इन कम्युनिटी सर्भिस अवार्ड बाट सम्मानित हुनु भएको छ। त्यसै गरी नेपाल विश्व सहयोग संघ एन ए जि सी यु ए ई ले सन २०१६ मा  राष्ट्रिय गौरव अवार्डले सम्मान गरेको थियो  । कार्कीले  भुकम्प पीडितहरुलाई पुर्याएको सेवा वापत  एन आर एन ए बाट आउट स्ट्यान्डिङ सर्भिस सम्मान, २०१९ को बर्ष पुरुष  लगायत थुप्रै थुप्रै अवार्ड र समान प्राप्त गर्नु भएको छ।  

 समाजको लागि निस्वार्थ भावले अहोरात्र खट्ने व्यक्ती  एन आर एन ए को आई सि सि मा हुनु हामी सम्पूर्ण नेपालीकै लागि हितकर  हुन्छ। तसर्थ एन आर एन आई सि सि सदस्य उम्मेदवारलाई जिताउनु हामी सबैको कर्तव्य हो।