समर्थन

उत्तम कुमार कार्कीलाई अनुमोदन
NRNA ICC सदस्यको उम्मेदवारको रूपमा सम्मानित सामाजिक नेता उत्तम कुमार कार्कीलाई म हृदयदेखि अनुमोदन गर्दछु। NRNA NCC USA को सल्लाहकार र अनररी काउन्सिल सदस्यको रूपमा उहाँले आम सदस्य, जनता र संगठन बोर्डमा पुलको रूपमा महत्त्वपूर्ण भूमिका खेलेका छन्। श्री कार्की एक अद्भुत व्यक्तित्व, हरेकजनसँग मिलनसार र आफ्नो कर्तव्यमा दृढ हुनुहुन्छ। नेपाल, अमेरिका र अन्तरराष्ट्रिय उनको राम्रो सामाजिक राजनीतिक पृष्ठभूमि छ। उहाँ सन् २०१४ मा राष्ट्रपति स्वयंसेवी सेवा पुरस्कार स्वर्णपदकका विजेता हुनुहुन्थ्यो। उहाँले NAGC र WANA साझेदारीलाई अन्तरराष्ट्रिय सल्लाहकार र अध्यक्षको हैसियतले प्रवर्द्धन गर्नुभएको छ। व्यक्तिगत रूपमा, उत्तमकुमार कार्की मेरो एक अनन्य मित्र हुनुहुन्छ र जससँग मैले धेरै महत्त्वपूर्ण कामहरु मिलेर गरेका छौं र सामाजिक विकृति र बिसंगती विरुद्ध लड्न हातमा हात र काँधमा काँध मिलाउँदै आएका छौं।
उत्तम कार्की जी यो पदका लागि सर्वथा योग्य हुनुहुन्छ। स्थानीय पहल र विश्वव्यापी नेतृत्वका लागि एनआरएनए आईसीसी सदस्यको उम्मेदवारको रूपमा श्री उत्तम कार्कीलाई खुलेर समर्थन गर्दै अनुमोदन गर्न सबैलाई हार्दिक अनुरोध गर्दछु।

मणि नेपाली पनेरु
रिच्मन्ड क्यालिफोर्निया